इराकको कुर्द क्षेत्रमा ड्रोन आक्रमण, तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार २३:६:२५
१९ भदौ, सुलेमानिया, इराक । इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा बुधबार एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताए । टर्कीएले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ ।
पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई “आतङ्कवादी सङ्गठन” का रूपमा कालोसूचीमा राखेका छन् । “आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ”, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भने ।
“कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा पहिचान गरिएको छ”, उनले थपे । बगदादको सङ्घीय सरकारले मार्चमा ‘कुर्दिस्तान वर्कर्स पार्टी’लाई प्रतिबन्ध लगाएको र गत महिना अकारासँग विद्रोही विरुद्धको लडाईमा संयुक्त प्रशिक्षण र कमाण्ड केन्द्रहरू स्थापना गर्ने उदेश्यले सैन्य सहयोग सम्झौतामा गरेको थियो ।
अगस्ट २३ मा कुर्दिश क्षेत्रका अधिकारीहरूले टर्कीएलाई दोष लगाएको ड्रोन आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा अनुदान प्राप्त काम गर्ने दुई महिला पत्रकारको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार