कानुनको पालना नगरेपछि श्रेष्ठ अध्यक्ष रहेको न्यायपरिषदलाई नै सर्वोच्चले दिनुपर्यो यस्तो आदेश
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १३:१६:५८
२० भदौ, काठमाडौं । न्यायाधीश पद रिक्त भएको मितिले एक महिनाभित्र नियुक्तिका लागि नयाँ नाम सिफारिस गर्नुपर्ने कानुनको उल्लंघन भएको भन्दै सर्वोच्च अदालतले न्यायपरिषदलाई कानुनको पालना गर्न आदेश गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश न्यायपरिषदको अध्यक्ष हुने व्यवस्था छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषदलाई कानुन पालना गर्न सर्वोच्चले नै परमादेश जारी गरेको अवस्थालाई कतिपय कानुन व्यवसायीले अमिल्दो देखिएको बताएका छन् । अधिवक्ता दीपकविक्रम मिश्रको रिटमा न्यायाधीश हरि फुयाँल र विनोद शर्माको संयुक्त इजलासले भदौ १८ गते यस्तो आदेश दिएको हो । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्चका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषदले यो कानुन पालना नगरेको सर्वोच्चको ठहर हो । अहिले उच्चमा १६ जना र सर्वोच्चमा चार जना न्यायाधीशको पद रिक्त छ । यो रिट ०७५ सालमा दायर भएको थियो । न्याय परिषद् सचिवालय समेतलाई विपक्षी बनाइएको रिटको पटक–पटक पेसी सर्दै आएको थियो । ६ वर्षपछि उक्त कानुनी व्यवस्था पालना गर्न आदेश गरिएको हो ।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल १७ जना मात्र कार्यरत छन् । रिक्त पदमा नियुक्तिका निम्ति न्याय परिषद् बैठक बोलाइए पनि नाम सिफारिस हुन सकेको छैन । अब प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाश हुने समय आइसकेको छ । उनी असोज १८ गते अवकाशमा जाँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार