नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठक भाद्र २५ गते सानेपामा बस्ने
यज्ञप्रसाद भट्टराई
भदौ २०, २०८१ बिहिबार १३:३२:२८
२० भदौ, काठमाडौं । नेपाल किसान महासंघ केन्द्रीय समितिको बैठक यहि आउदो भाद्र २५ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय विपिनगर सानेपा ललितपुरमा बस्न लागेको नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले जनाएको छ । देशै भरिका नेपाली किसानहरुको साझा संगठनका रुपमा क्रियाशील रहदै आएकोे नेपाल किसान महासंघको केन्द्रीय कार्यसमितिको छैठौ पूर्ण बैठकले किसानका बिभिन्न मुद्धाहरुमा छलफल गरी निर्णय गर्ने महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले नेपालबहश डटकमलाई बताएका छन् ।
नेपाल किसान महासंघले भर्खरै मात्र पूर्णता पाएको र यस समितिको एकमात्र महत्वपूर्ण कार्य भनेको नेपाली किसानहरुका महत्वपूर्ण समस्याहरु, सवालहरु र मुद्धाहरुमा सशक्त रुपमा आवाज उठाउदै यहि २०८१ सालको चैत्र महिना भित्र महासंघको महाधिबेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकोले नेपाल किसान महासंघको केन्द्रीय समितिको यो बैठक अत्यन्तै महत्वपूर्ण रहेकोले केन्द्रीय समितिमा मनोनयन भएका सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरुलाई आमन्त्रण गरिएको महासंघका केन्द्रीय प्रवक्ता आरवि रावलले बताएका छन् ।
अहिले नेपाली कांग्रेस माथि बिभिन्न राजनीतिक दल र सामाजिक सञ्जाल मार्फत चौतर्फी रुपमा आक्रमण भैरहेको अवस्थामा नेपाल किसान महासंघले देशैभरी संगठन बिस्तार गरी बिभिन्न कार्यक्रमहरु मार्फत नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताहरुलाई बिभिन्न समिति तथा बिभागहरुमा आवद्ध गराउदै नेपाली कांग्रेसलाई थप मजबुत र शक्तिसाली बनाउदै लगिरहेको महासंघका गतिबिधिहरुले देखाई रहेको देखिन्छ । कृषिप्रधान मुलुकमा किसानका सवाल उठाउने एकमात्र संगठनका रुपमा कृयाशिल नेपाल किसान महासंघले आवाज बिहिन किसानहरुको अभिभावकको रुपमा आफुलाई उभ्याई रहेको देखिन्छ ।
महासंघका प्रबक्ता रावलका अनुसार भाद्र २५ गते हुने केन्द्रीय समितिको पूर्ण बैठकमा बिस्तारित कार्यसमितिमा मनोनित हुनुहुने केन्द्रीय सदस्यहरुलाई बधाई, शुभकामना तथा मनोनयनपत्र र प्रमाणपत्र बितरण गरिने कार्यक्रम रहेको छ । यसका साथै नेपाल किसान महासंघले हालसम्म गरेका गतिबिधिहरुको समिक्षा सहित संगठन बिस्तार र महाधिबेशन तैयारीका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा प्रदेश अध्यक्षहरुलाई महाधिबेशन सम्पन्न गर्नका लागि कार्य बिभाजन समेत तोकिने कार्ययोजना रहेको नेपालबहश डटकमलाई बताएका छन् ।
नेपाली कांग्रेसका युवा नेता गणेशचन्द्र तिमल्सिनाको नेतृत्वमा नेपाल किसान महासंघले काम गर्न शुरु गरे यता नेपाल किसान महासंघले किसानका मुद्धामा धेरै नै काम गरिसकेको छ । उखु किसानलाई बक्यौता रकम भुक्तानी गर्न सरकारलाई बाध्य पार्नेदेखि महिनौदेखि दुग्ध किसानले भोग्दै आएको दुधको रकम भुक्तानी गराउन गरेको पहलबाट होस् या सामाजिक उत्तरदायीत्वका कामहरु ह्ुन या पार्टीले आयोजना गरेका कार्यक्रमहरु होस्, कालिमाटी फलफुल तथा तरकारी बजारको सिण्टीकेट तोडन होस् या किसान जनजागरण अभियान सञ्चालन गर्न होस्, किसान नेता गणेशचन्द्र तिमल्सिना किसानहरुको अग्र मोर्चामा रहेर आन्दोलनको समेत नेतृत्व गरिरहेका देखिन्छन् ।
यसका साथै नेपाली कांग्रेसलाई गाउँगाउँसम्म सकृय बनाउन महासंघले बिभिन्न समितिहरु, युवा किसान संघ, महिला किसान संघ, जडिवुटी उत्पादक संघ, चिया उत्पादक संघ, खाद्यबाली तथा किसानसँग प्रत्यक्ष जोडिन सकिने अन्य बिभिन्न बिषयगत समितिहरु गठन गरी किसान हक हितमा काम गर्नुका साथै कृषि तथा पशुपंक्षी मन्त्रालयसँग किसानहरुका समस्याहरु अवगत गराउदै किसानहरुका समस्या तत्काल सम्बोधन गर्न बिभिन्न कार्यक्रम बनाउन दवाव समेत दिदै आईरहेको महासंघले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय विपीनगर सानेपा ललितपुरमा यहि भाद्र २५ गते मंगलबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठकले नेपाली किसानहरु थप लाभान्वित र उत्साहित हुनसक्ने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार