राज्यव्यवस्था समितिसँग मुख्यसचिवको आग्रह, संघीय निजामती ऐनको काम छिटो सकाइदिनुपर्यो
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १५:२५:९
२० भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले बिहीबार संघीय निजामती ऐनका विषयमा छलफल चलाएको छ । उक्त छलफलमा मुख्यसचिव एकनारायण अर्यालले ऐन पारित गर्न ढिला भएको भन्दै यसलाई चाँडो टुंगोमा पुर्यादिन आग्रह गरेका छन् ।
संविधान जारी भएको साढे ८ वर्ष भइसक्दा पनि संघीय निजामती ऐन पारित हुन नसक्दा प्रशासनिक संघीयता कार्यान्वयन गर्न नसकिएको र सेवा प्रवाह प्रभावित भएको भन्दै मुख्य सचिव अर्यालले संसदीय समितिलाई आग्रह गरेका हुन् ।
समितिको बैठकमा मुख्यसचिव अर्यालले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गरिदिन आग्रह गरे । संविधान जारी भएको लामो समय हुँदासमेत संघीय निजामती ऐन नआउँदा समस्या भएको अर्यालको भनाइ थियो ।
अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले निजामती विधेयकमा अधिकांश विषयमा सहमति जुटाएकाले पनि अब अगाडि बढाउन सहज हुने उनको सुझाव थियो । संसदले बनाउने अन्य कानुन कार्यान्वयन गर्नका लागि पनि संघीय निजामती ऐन आवश्यक भएको अर्यालले बताए ।
निजामती विधेयक सरकारलाई अत्यावश्यक परेको र विधायिकाले पनि छिटो गर्नुपर्ने अनुभव गरेको आफूलाई लागेको अर्यालले बताए । निजामती विधेयकको अभावमा प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार