बुधबार ९०.७३ अंकले ओरालो लागेको नेप्से बिहीबार १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा झर्यो
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १५:४९:८
२० भदौ, काठमाडौं । बिहीबार नेप्से परिसूचकमा १२.१० अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा नेप्से झरेको छ । हिजो बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेको थियो ।
आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ । सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।
बिहीबार १०१ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकममा पनि भारी गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँको कारोबार हुँदा बिहीबार ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कुल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
माइक्रोफाइनान्स १.६८ तथा व्यापार सूचक ०.१६ प्रतिशत बढे भने अरु सबै घटेका छन् । बैंकिङ ०.६९, विकास बैंक ०.१३, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.११, हाइड्रोपावर १.०१, लगानी १.३६, जीवन बीमा ०.७४, उत्पादन ०.३३, निर्जीवन बीमा ०.५२ र अन्य ०.०१ प्रतिशत घटे । गुडविल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ९.१४, नेस्डो लघुवित्तको ८.४३, विन नेपाल लघुवित्तको ७.५ तथा उन्नति सहकार्य लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो ।
आज बुद्धभूमि हाइड्रोको ५.७७, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.०३, न्यादी हाइड्रोको ४.८९, मन्दाकिनी हाइड्रोको ४.८२ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स तथा अपी पावर क्रमश अगाडि रहे । क्षेत्रगत रुपमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ३ अर्ब ३७ करोडको कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
बजार खुल्नासाथ ४६ लाख भन्दा बढीको शेयर कारोबार
मंसिर ६, २०८१ बिहिबार
बुधबार नेप्से परिसूचकमा ९ अंकको सुधार, कारोबार रकम भने ३ अर्ब ३८ करोडले घट्यो
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार