संविधान दिवसका दिन झण्डै १ हजार कैदी रिहा हुने
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १६:४०:०
२० भदौ, काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वेजनिक गरेको छ । असोज ३ गते संविधान दिवस मनाइन्छ । विभागले सोही दिन जेलमुक्त हुने झण्डै एक हजार जनाको सूची निकालेको छ । विभागले असार १० र भदौ १६ गरी दुई चरण सूची निकालेको छ । पछिल्लो सूचीमा करिव ५ सय जना कैदमुक्त हुने उल्लेख छ ।
५० प्रतिशत कैद भुक्तान गरेका, जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन गरिएको हो । कारागार व्यवस्थापन विभागले असार १० गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । विभागले भदौ १६ गते फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ ।
सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ । कारागार व्यवस्थापन विभागले असार १० गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने जानकारी दिएको छ । जेठ १५ गते गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नु पर्ने पनि यसमा परेका छन् ।
सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनको प्रक्रियाले गर्दा नामावाली प्रकाशित भएपनि माफी मिनाहा भने रोकिएको थियो ।
विभागले अघिल्लोपटक निकालिएको ६२० जनाको सूचीबाट १९ जनाको नाम हटेको जनाएको छ । उजुरी र गुनासो आएपछि उनीहरुको नाम हटाइएको बताइएको छ । विभागले पछिल्लो सूचीमा उजुरीको म्याद सकिएपछि सिफारिस हुने र अन्तिम संख्या तय हुने बताएको छ ।
यस्तो छ माफी हुनेको सूचीः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार