मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १७:१३:४४
२० भदौ, हेटौंडा । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिबार अपरान्ह आगलागी भएको जनाएको छ।
ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको प्रहरीले जनाएको छ । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको थियो । ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको र ट्रकमा सवार १८ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने
भदौ २८, २०८१ शुक्रबार
उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
भदौ २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार