प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १९:१९:३३
२० भदौ, नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् ।
“हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ”, युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गर्दै भने, “यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ ।”
प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए । यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो । म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन् ।
आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भइरहेको अस्पतालका कार्यवाहक प्रमुखले मङ्गलबार पत्रकार सम्मेलनमा बताएका थिए । “हिजो राति उनको सबै अङ्ग खराब भए”, मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले बिहीबार बताए । चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार