विश्व फुटबलमा रोनाल्डो र मेसीको 'इरा' सकिएको हो ?
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार ७:५३:२७
२१ भदौ, काठमाडौं । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको इरा सकिएको विश्लेषण शुरु भएको छ । हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अर अवार्डको मनोनयन सार्बजनिक हुदा सो सूचीमा रोनाल्डो र मेसीको नाम नभएपछि अब दुवैको २१ बर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो ।
विश्व फुटबलका पछिल्ला २१ बर्षमा पहिलो पटक बेलुन डो अरको मनोनयनमा रोनाल्डो र मेसी छैनन् । २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेसी दुवै जना एकै पटक बेलुन डो अरको मनोनयनमा नपरेका हुन् ।
मेसीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक बेलुन डो अर उपाधि जितेका छन् । मेसीले अघिल्लो बर्षनै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पछिल्लो पटक यो अवार्ड २०१७ मा जितेका थिए ।
गत बर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने २०२३ को जुनमा मेसी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे ।
अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेसी रमाइरहेका छन् । रोनाल्डोले गत बर्ष ५० गोल गरे भने मेसीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए । ३९ बर्षिय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् । त्यस्तै मेसी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार