तीज पर्व सशक्तीकरणको प्रतीक : अध्यक्ष दाहाल
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १०:४:४२
२१ भदौ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज जारी गरेको शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
सन्देशमा भनिएको छ, “ तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तीकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।” सन्देशमा महिलाको त्याग, समर्पण र इमान्दारिताको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको प्रतीकका रुपमा मनाउन थालिएको र दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुखदुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाको विशेष सांस्कृतिक पर्व भएको उल्लेख छ ।
धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्दछ । तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन म सबैलाई अनुरोध गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्ने
भदौ ३१, २०८१ सोमबार
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
भदौ ३१, २०८१ सोमबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’
भदौ ३१, २०८१ सोमबार
चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
भदौ ३१, २०८१ सोमबार
१७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्ने
भदौ ३१, २०८१ सोमबार
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
भदौ ३१, २०८१ सोमबार
फल्याक गाउँ र निलगिरी हिमाल
भदौ ३१, २०८१ सोमबार