बान्द्रेको बाढीले बगाउँदा बागलुङमा तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १०:४६:५
२१ भदौ, काठमाडौं । बान्द्रेखोलामा खोलामा आएको बाढीले बगाउँदा बागलुङमा तीन जना युवाको मृत्यु भएको छ । बानपा–४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र घ १ प ९९९६ नम्बरको स्कुटरमा सवार तीन युवाको मृत्यु भएको हो ।
बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविशेक रेग्मी र २० वर्षीय कमल सापकोटाको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।
सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताए । कमलको शव खोलाले बगाएर केही तल पुÞ्र्याएको अवस्थामा भेटिएको छ ।
तीन वटै शव पोष्टमार्टमको लागि धौलागिरि अस्पतालमा ल्याईएको छ । प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको छ। बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार