एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १५:३१:२९
अछाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन् ।
मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताए ।
कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने रावलको भनाइ थियो ।
छ प्रदेश र सङ्घीय सरकारमा झन्डै दुईतिहाइको सरकार नेकपाका लागि कम्तीको अवसर नभएको रावलको भनाइ छ । नेकपाले नेतृत्व गरेका सबै तहका सरकारले जनताको सुख र समृद्धिका लागि तदअनुरुपका कार्यक्रम अगाडि सारिरहेको नेता रावलले बताए ।
राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न आग्रहसमेत गरे। आफुले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने जिकिर गरे । कार्यकर्ता भेलामा पार्टीका प्रदेश कमिटी सदस्यले पनि समसामयिक मन्तव्य राख्नुभएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार