पहिलो पटक नेपाल टेलिकमको नेतृत्वमा महिला, प्रबन्ध निर्देशकमा पहाडी नियुक्त
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार ११:५४:१८
२१ भदौ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएसँगै पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् ।
२०७८ मा पनि पहाडीको नाम पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तत्कालीन प्रमुख व्यावसायिक अधिकृत पहाडीलाई नियुक्त हुनु पर्ने भन्दै टेलिकमका कर्मचारीले आन्दोलनसमेत गरेका थिए । नेपाल टेलिकममा ताररहित सञ्जाल विज्ञका रूपमा कार्यरत पहाडीसँग झन्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव छ । उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् ।
टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो । पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार