ओबामाका दाजुले ट्रम्पलाई समर्थन गर्ने
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १२:२२:४३
२१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्- 'म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक दर्ता मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु । ट्रम्प हृदयदेखि बोल्छन् ।’
बाराक ओबामाका सौतेला दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन् । मेक अमेरिका ग्रेट अगेन एक अद्भुत नारा हो र म ट्रम्पलाई भेट्न चाहन्छु, उनले भनेका छन् ।
मलिक ओबामाले पूर्व राष्ट्रपति र उनका भाइ बराक ओबामाको आलोचना गर्दै स्वार्थी भनेका छन् । मलिक ओबामा पेशाले एकाउन्टेन्ट हुन् । बाराक ओबामा राष्ट्रपति हुँदा उनी ह्वाइट हाउस पनि गएका थिए । तर, पछि उनीहरुको सम्बन्ध चिसियो । मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, 'म बराक ओबामाको राष्ट्रपतिकालमा उनीसँगै बसेँ तर पछि थाहा पाएँ कि उनी स्वार्थी थिए ।'
मलिक ओबामाले यसअघि बराक ओबामामाथि धेरै गम्भीर आरोप लगाएका थिए । यी मध्ये एक आरोपमा मलिकले बराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गरेका थिए । आफ्नो दावीको समर्थनमा मलिक ओबामाले ओबामाको नक्कली जन्म प्रमाणपत्र पनि पेश गरेका थिए । मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् र समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा
भदौ ३१, २०८१ सोमबार
फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
भदौ ३१, २०८१ सोमबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रधानमन्त्रीसमक्ष आयोगको सिफारिस
भदौ ३०, २०८१ आइतबार
नदी किनारामा रहको क्रसर उद्योग
भदौ ३१, २०८१ सोमबार
सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
भदौ ३१, २०८१ सोमबार