केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १२:३४:५७
२१ भदौ, नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।
प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो ।
“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।
धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ”, उनले भने । आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा
भदौ ३१, २०८१ सोमबार
फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
भदौ ३१, २०८१ सोमबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रधानमन्त्रीसमक्ष आयोगको सिफारिस
भदौ ३०, २०८१ आइतबार
नदी किनारामा रहको क्रसर उद्योग
भदौ ३१, २०८१ सोमबार
सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
भदौ ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ
भदौ ३१, २०८१ सोमबार