थोक बजार भवनको अवस्था बुझ्न चोभारमा कृषिमन्त्री अधिकारी
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १७:५:६
२१ भदौ, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् । विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले आज निरीक्षणपश्चात यस्तो निर्देशन दिएको हो ।
भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा तेइस अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
उनले सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए । “पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्छ । यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार छ । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने छन् । त्यसैले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई मेरो आग्रह छ”, मन्त्री अधिकारीले भने ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ यही भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११औँ पटक म्याद थप भएको थियो ।
थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर रु ४० करोड बढी पुगेको छ । लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, निर्माण कम्पनी र परामर्शदातासहित निर्माणस्थल पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार