सामाजिक सेवा एकाइबाट तीन वर्षमा ३२ हजार बढीले लिए सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १७:७:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/bharatpur-hospital1643720316_6ygdjVXs1A_mlW00aCyYM.jpg)
२१ भदौ, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन् । पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ ।
अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख रामहरी ढकालले आर्थिक वर्ष २०८०/८१ मा एकाइमार्फत ११ हजार चार सय १३ जनाले रु चार करोड ७४ लाख ९० हजार पाँच सय ६४ बराबरको सेवा लिएको जानकारी दिए । यहाँ २०७० सालदेखि सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएको थियो । त्यसयता उपचार गर्न आउने बिरामीले पूर्ण तथा आंशिक छुट पाउँदै आएका छन् । “यहाँबाट गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विपन्न, सीमान्तकृत लोपोन्मुख आदिवासी जनजातिलगायत बिरामीलाई पूर्ण र आंशिक छुट दिने गरिन्छ”, एकाइ प्रमख ढकालले भने, “भरतपुर अस्पतालमा आएका बिरामी आर्थिक अभावका कारण उपचार नगरी फकर्नु पर्दैन ।”
गत आर्थिक वर्ष एउटै बिरामीले रु आठ लाखसम्मको सेवा सुविधा पाएको उनले बताए । “सेवा सुविधा पाउनेमा कर्णाली प्रदेशका हुम्ला, मुगुलगायत जिल्लासम्मका नागरिक छन् । औसतमा एकजना बिरामीले रु चार हजार एक सय ६१ छुट पाएका छन्”, उनले बताए, “भरतपुर अस्पताल केन्द्रीय अस्पताल पनि हो । बिरामीलाई सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालबाट हुने छुट प्रदान गरिरहेका छौँँ ।”
भरतपुर अस्पतालले बाढीपहिरो, आगलागी र दुर्घटनाका बिरामीलाई २४ घण्टासम्म निःशुल्क उपचार गर्ने गरेको छ । यस अवधिमा शल्यक्रिया गर्नुपरे पनि पूर्ण रूपमा छुट दिने गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष दुई हजार १३ जनाले निःशुल्क आकस्मिक सेवा लिएका थिए, जसमा रु ८१ लाख ४२ हजार एक सय आठ खर्च भएको थियो ।
सरकारले यस असस्पताललाई विपन्न नागरिकको उपचारका लागि वार्षिक रु एक करोड ५० लाख दिने गरेको छ । सो रकमले नपुगेर बाँकी रकम अस्पताल विकास समितिले व्यहोर्ने गरेको सूचना अधिकारी पौडेलले बताए । पछिल्लो तीन वर्षमा विपन्न नागरिकको उपचारका लागि अस्पताल विकास समितिले रु सात करोड २६ लाख खर्च गरिसकेको उनले जानकारी दिए ।
यसरी सेवा प्रवाह गरेको भरतपुर अस्पताल नेपाल सरकारको सङ्घीय अस्पतालमध्ये प्रथम समेत भएको छ । न्यूनतम् सेवा मापदण्डमा शतप्रतिशत अङ्क प्राप्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार