रनवेमा अपाउनु पर्ने गति र तौलको सम्भावित असन्तुलनका कारण सौर्यको जहाज दुर्घटना
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार १७:१२:१०
२१ भदौ, काठमाडौं । दुर्घटना जाँच आयोगले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा तौलको असन्तुलन मुख्य हुनसक्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । रनवे छाडेर १ फिट उचाईमा पुगेको जहाज असन्तुलित भई जमिनमा खस्दा १८ जनाको मेत्यु भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको हो ।
पोखराका लागि उडेको सौर्य एयरलायन्सको विमान तौलको सम्भावित असन्तुलन, टेकअफ हुँदै गर्दा रन–वेमा अपाउनु पर्ने गतिको कमि र फेरि उडानमा अपनाउनु पर्ने मापदण्ड पालना नभएका कारण दुर्घटना भएको प्रतिवेदनको ठहर छ । गत साउन ९ गते काठमाडौं विमानस्थलमा सौर्यको जहाज दुर्घटना भएको थियो । सीआरजे–२०० विमान अन्दाजी १ सय ३० फिट उचाईबाट भुईंमा खसेर छरपष्ट भई जलेर नष्ट भएको थियो ।
यही दुर्घटना जाँच गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय दुर्घटना जाँच आयोगले प्रतिवेदन बुझाएको हो । जहाजको प्राविधिक कारण र पाइलट मात्रैको कारणले उक्त दुर्घटना नभएको दाबी गरिएको छ ।
प्रतिवेदनका अनुसार दुर्घटनाको अवस्थामा आइपुग्नमा जहाजमा असन्तुलित तौरतरिकाले राखिएको सामानको तौल हुनसक्ने देखिएको छ । उक्त उडानमा जति तौल राखिएको भनिएको छ, त्यसभन्दा बढी राखिएको छानबिनका क्रममा सिसिटीभी फुटेजमा देखिन्छ । एकिन तौल विवरणको ट्रिम सिट बनाई चालकदललाई बुझाउन ग्राउन्डमै हुने लोडमास्टर, फ्लाइट डिस्प्याचर पनि चुकेको हामीलाई आशंका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार