धनुषामा डुबेर बेपत्ता व्यक्तिको शव फेला
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार २१:३३:८
२१ भदौ, धनुषाधाम । धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका–५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो । बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उहाँको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो । बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ । मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन
भदौ ३१, २०८१ सोमबार
‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’
भदौ ३१, २०८१ सोमबार
वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर
भदौ ३१, २०८१ सोमबार
नेटोसँग रुसको युद्ध हुनसक्ने पुटिनको चेतावनी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रधानमन्त्रीसमक्ष आयोगको सिफारिस
भदौ ३०, २०८१ आइतबार
वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
भदौ ३१, २०८१ सोमबार
नदी किनारामा रहको क्रसर उद्योग
भदौ ३१, २०८१ सोमबार