आठ वर्षमा पनि सकिएन काम, एक महिनाभित्र सक्न निर्देशन
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार २२:८:३९
२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । फूल र फलफूलको बिक्री वितरणलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो ।
तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो । कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री वितरण सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ । विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कूल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन विसं २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो ।
हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको जनाइएको छ । हालसम्म आयोजनाको म्याद ११ पटक म्याद थप गरिएको छ । मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याबारे जानकारी गराएका थिए । “निर्माणस्थलको दक्षिण–पश्चिम कुनाबाट अनेक्षित ढङ्गबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन”, उनले भने । उनले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराए।
त्यसअवसरमा सांसद राजेन्द्रकुमार केसीले निर्माण तत्काल सकेर बजार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खीरमानसिंह बस्नेतले केही स्थानीयले जग्गाको मुआब्जा नपाएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न आग्रह गरे । पाँच तले भवनमा करिब ७० वटा स्टल र दुई तले भवनमा ३० वटा स्टल रहनेछन् । साथै भवनमा समितिको कार्यालय, बैंक र सभाहल पनि हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार