प्रचण्डलाई ओलीको सुझाव: विरोधले केही प्राप्त हुन्न, मान्छे बस्न लायक देश बनाउन सहयोग गर्नुस
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १३:११:४३
२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नु बहादुरी नभएको बताएका छन् । उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै विरोधबाट केही प्रात नहुने भन्दै मान्छे बस्न लायक देश बनाउने कुरामा सहयोग गर्न आग्रह गरेका छन् ।
उनले सरकारको विरोध नगरी केही प्राप्त हुन्न र यही बहादुरी हो भनेर कुर्तक नगर्न आग्रह गरेका छन्। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने काम उचित नहुने बताए ।
उनले देशबाट युवाहरू बाहिरिइरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए । अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गरे ।
देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको उल्लेख गरे । देशलाई सबल बनाउने गतिशीलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादीलाई चेतावनी पनि दिए ।
उनले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे । देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार भएको बताए । माओवादी युद्ध महान् थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको, प्रधानमन्त्री ओलीले प्रश्न गरे । महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए ।
उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरू लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरू पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्तिप्रक्रियामा आएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरू हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम ग¥यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्याऔँ । जनताको जीवनमा सकारात्मक अनुभूति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबैकुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभूति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशीलता दिएर अघि बढौँ ।’
अहिले नियोजित र प्रायोजितरुपमा अराजकता सिर्जना गर्ने र सरकारकाविरुद्ध हल्ला चलाउन खोजिएको दाबी गर । ‘अहिले नियोजित र प्रयोजितरुपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ। वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन ।’
उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताए । ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरे । ‘तपाइँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्, प्रधानमन्त्री ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार