अमेरिकामा जनावरको सम्पर्क विना नै एक व्यक्तिमा बर्ड फ्लु पुष्टि
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १३:४६:३१
२२ भदौ, वासिङ्टन । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ ।
प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ 'बर्ड फ्लु'भएको पुष्टि भएको छ । यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए।
“मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन”, मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा बर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ ।
सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो। बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार