लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १९:७:१४
२२ भदौ, कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।
पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो । यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट)का कारण १–१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५–१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो ।
तेस्रो सेटमा पुनःखेलमा फर्कँदै पुलिसले २५–१९ को जित हासिल गर्यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कँदै २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततःनतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो ।
उपाधिसँगै पुलिसले नगद रू एक लाख ५० हजार हात पारेको छ । उपविजेता एफिएफले रू एक लाख एक सय ११ प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए ।
यस्तै, एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरू सबैलाई समान रू पाँच–पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो । प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो ।
पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर तेस्रो सेटमा १३–२५ को हार बेहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो ।
प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी
भदौ ३१, २०८१ सोमबार
क्यानडाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार