आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार २२:४१:३४
२२ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आइतबार हुने भएको छ । समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुन लागेको उनले बताए ।
प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि यहाँ आउने कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानका उपकुलपति डा रावलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता
भदौ ३१, २०८१ सोमबार
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार