प्रधानमन्त्री ओलीभन्दा म सभ्य र सत्य बोल्छु, मैले नेपाललाई बंगलादेश बनाउन लागे भनेको छैन: प्रचण्ड
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १२:१६:१४
२३ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सभ्य र सत्य बोल्ने नेता भएको बताएका छन् । उनले ओलीको कार्यशैली असभ्य भएको आरोप लगाउँदै आफूले त्योभन्दा सभ्य र सत्य भनाइहरु राख्ने गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको भनाइको प्रतिकार गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले असभ्य कार्यबारे सबै जानकार रहेको बताए । उनले भने, ‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिएँ यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले (प्रधानमन्त्रीले) मैले बोलेको के असभ्य भयो र ? ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण टिक्न नदिइएको जिकिर दाहालले गरे । दाहालले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको दाबी गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्,’ उनले भने, ‘मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन ।’ उनले आफुले नेपाललाई ओलीले बंगलदेश बनाउन लागे भनेर कतै पनि नभनेको बताए ।
एमाले र कांग्रेसले सरकार बनाएपछि माओवादी केन्द्र पार्टी निर्माणमा जुटेको उनले बताए । ‘हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं,’ उनले भने, ‘अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन ।’ उनले अगाडि भने, ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनुभयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार