नेपाल एयरलाइन्स यही हालतमा रहेसम्म नागरिक उड्डयन क्षेत्रमा सुधार ल्याउन सकिन्नः मन्त्री पाण्डे
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १२:५४:१४
२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको हालतमा सुधार नगरेसम्म नेपालको नागरिक उड्डयन क्षेत्रको सुधार सम्भव नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सलाई सुधारको बाटोमा ल्याउन सरकारले जुनसुकै कदम चाल्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले एनएसीलाई फेरी आरएनएसीमा रुपान्तरण नगरेसम्म नेपाल एयरलाइन्समा सुधार नआउने बताए ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री बनेपछि मन्त्रालयका सम्बन्धमा सम्पूर्ण जानकारी लिइसकेको बताउँदै उनले अब सुधारका कार्य सुरु हुने बताए ।
मन्त्री पाण्डेले भने, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ, नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन, तबसम्म अरु सुधार्न सक्दैन । अहिले एनएसी भन्छौँ, अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ । आरएनएसी भनेको पुरानो रोयल होइन कि, रिफर्म्ड नेपाल एयरलाइन्स हो । रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ ।’
नेपाल एयरलाइन्सको पुनर्संरचना गरेपछि मात्रै अन्य एयरलाइन्सलाई नियमन गर्न सक्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्सलाई पुनर्संरचना गरी अन्य एयरलाइन्सलाई नियमन गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार