मिथिलाञ्चलमा आज ‘भदैया रैब’ पर्व मनाइँदै
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १५:९:४९
२३ भदौ, जलेश्वर । महोत्तरीसहित मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदैछ । आज बिहानै मिथिला क्षेत्रका महिला घरघरमा ठेकुवा (सख्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउ, अक्षता, सुपारी र पानसहितका वस्तुहरु जुटाएर रैब पर्व मनाइरहेका छन् ।
पूजा सामग्री तयार गरिसकेपछि महिला सबै सामग्री डालामा हालेर नजिकैको पोखरी, तलाऊ वा नदीमा गएर नुहाएर सोही स्थानमा भिजेको लुगामा हातहातमा पूजा सामग्री लिएर सूर्य देवतालाई अर्घ दिँदै रैब पर्व मनाइरहेका हुन् ।
रैब पर्व सूर्य देवताको पूजा उपासना गरी मनाइने गरिन्छ । भदौ महिनामा यो पर्व मनाइने भएकाले यसलाई भदैया रैब भनिएको स्थानीय बताउँछन् । पोखरी, तलाऊ वा नदीमा स्नानगरी, सूर्य देवतलाई पूजा सामग्रीको अर्घ दिएर वर्तालुहरु आआफ्ना घर गएर आँगन वा पिँढीमा पुनः नेउज (प्रसाद चढाउने) हाल्ने गर्दछन् ।
नेउजको हाल्ने क्रममा वर्तालुहरु भूइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सख्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुई वटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गनुपर्छ ।
नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) वर्तालुले फलफूल ग्रहण गर्दछन् । आज राति उनीहरुले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ) लगायतका परिकार खाएर बस्नुपर्छ । यसपर्व मिथिलाका महिलाले मनाउने गर्दछन् । यस पर्व सुख, समृद्धि र आरोग्यताका लागि मनाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार