दिल्लीबाट रौतहटका चार बालकको सकुशल उद्धार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १५:२१:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Child.jpg-3_WjmENWQna4_GEDL4OgFd8.jpg)
♦ सञ्जय मिश्रा
२३ भदौ, रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ ।
गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली, र सुवोध महतोलाई अभीयन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्धार गरेका हुन् । जयनगर नजीककैको एक गाँउको एकजना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थिए ।
दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरू १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ। हिजो शनिवार दुई बालकलाई नेपाल फिर्ता ल्याइएको तथा, वाकि दुई बालकलाई सोमवार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
भारतमा १८ वर्ष मुनिका बालबालिकालाई श्रम गराउनु गैरकानुनी छ र त्यहाँ बालश्रमको कानुन कडाइका साथ पालना गरिन्छ । तर आर्थिक विपन्नता, अशिक्षाको कारण विभिन्न रोजगारीको नाउँमा रौतहट लगायतका जिल्लाका हजारौं नेपाली बालबालिका भारतको राजधानी दिल्ली, मुम्बई लगायतका शहरहरूमा बालश्रम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
फागुन ६, २०८१ मंगलबार