२५.४६ अंकले घटेर २७०१ मा आइपुग्यो नेप्से, घाटामा १५७ कम्पनीको शेयर
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १५:५३:५०
२३ भदौ, काठमाडौं । धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक आइतबार २५.४६ अंकले घटेर बन्द भएको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो ।
८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । १५७ कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूल्य स्थिर छ । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो ।
माइक्रोफाइनान्स समूहको परिसूचक भने १.२१ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा पर्ने कम्पनीमध्ये ४० वटाको सेयर मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स समूहका मानुसी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार