महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १६:४:२४
२३ भदौ, काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।
पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शैक्षिक विकास गर्ने मुल उद्देश्यका साथ सहकार्य भएको हो ।
सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरू राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ ।
यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तर दायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको “बालबालिकालाई शिक्षित गरौं “ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
माघ २०, २०८१ आइतबार
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
माघ २०, २०८१ आइतबार
अरुण पूर्वका ९ जिल्लामा बन्दको प्रभावः यातायातका साधन ठप्प
माघ २०, २०८१ आइतबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार