लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार २०:१५:४
२३ भदौ, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत् योजना निर्माण तथा त्यसको गरेर आर्थिक स्वरोजगारमार्फत अगाडि बढ्ने योजना रहेको बताए ।
मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिए । “गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार सङ्ग्रहालय, रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध सङ्ग्रहालय, रुकुम पूर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना छ”, उनले भने,“पर्यटकीय स्थल थुपै्र छन् ।
यहाँ भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्यस्थलमा पु¥याउन सकियो भने सोचेको जस्तो विकास हुनेछ । त्यसैले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गर्ने योजना निर्माण गरिहरको छौँ ।” साथै युवालाई उत्पादनसँग जोड्नका लागि सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको र जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका बिल मन्त्रालयमा पेस नगरिने स्पष्ट पारेका छन् । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको पनि उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार