हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल खेल हुने
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार २२:२६:२४
२३ भदौ, काठमाडौं । हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले मुस्ताङ्मा दोस्रो मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आगामी असोज ३ देखि ७ गतेसम्म खेल आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जैविक विविधता संरक्षण समाज ९बायोकोस० नेपाल र आन्ट फाउडेशनको संयुक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङ र नमस्ते मनाङको सहकार्यमा मैत्रीपूर्ण फुटबल आयोजनामा हुने जनाइएको छ ।
हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद् डा पारसविक्रम सिंहले जानकारी दिए । संस्थाले अघिल्लो वर्ष मनाङका विभिन्न क्षेत्रमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।
समुद्र सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङ र तीन हजार दुई सय मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा हिमालयन स्नो लिवपर्ड, स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक 'स्थानीय युवाहरु' बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना हुने आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।
नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार