दुई मिनेटमा झारियो प्रतिनिधिसभाको आकस्मिक समय
नेपालबहस संवाददाता
भदौ २४, २०८१ सोमबार १४:२१:१७
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूलाई बोल्नका लागि दिइँदै आएको आकस्मिक समयको समय घटाइएको छ । अब २ मिनेट मात्र समय दिइनेछ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो ।
सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।
दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागु गरेका छन् । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो । प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार