आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार ११:२५:३
२५ भदौ, काठमाडौं । प्रहरीमा हुने विभिन्न षडयन्त्र मध्ये एक थियो, एआईजी श्याम ज्ञवालीको अकस्मात् सरुवा र उनी माथिको अनुसन्धान । उनलाई सीआईबीबाट हटाउन गरिएको प्रपञ्चको नाटक मात्र थियो छानविन र अनुसन्धानको स्टन्ट । तर उनको अवकाश हुने अघिल्लो दिनसम्म पनि त्यस बारेमा प्रहरी प्रधान कार्यालयले केही जानकारी दिएको छैन ।
भदौ २६ अर्थात् भोलि बुधबारदेखि अवकाशमा जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली केही दिन बिदामा बसेर अवकाशको तयारीमा छन् । प्रहरी प्रधान कार्यालयले औपचारिकता निभाउन बिदाईको आयोजना पनि गरिरहेको छ । ज्ञवाली तिनै व्यक्ति हुन, जसले नक्कली भुटानी शरणार्थी काण्डलाई टुंगोमा पुर्याउन हरसम्भव प्रयास गरेका थिए ।
त्यही कारण उनलाई धेरै पटक उपत्यकाका प्रहरी कार्यालयबाट सरुवा गर्ने प्रपञ्च गरियो । त्यसपछि तत्कालीन सरकारलाई उनको सरुवा गराउने बाध्यता आइलाग्यो । नियमित सरुवा भन्दा अघि नै उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो । त्यसपछि रवि लामिछाने गृहमन्त्री भएर आएपछि सीआईबीको प्रमुख बनाइयो । सीआईबी प्रमुख रहेका ज्ञवालीलाई अकस्मात् नयाँ गठबन्धन बनेर गृहमन्त्रीमा रमेश लेखक आएसँग आईजीपी बसन्त कुँवरको व्यक्तिगत इच्छामा प्रहरी प्रधान कार्यालयले छानवीन समिति बनेको नाटक गर्दै व्यापक प्रचारबाजी गराइयो ।
अवकाशको एक महिना मात्र बाँकी रहँदा र सीआईबीमा सरुवा भएको ५ महिना पनि नपुग्दै अपमानपूर्वक प्रधान कार्यालय सरुवा भएका ज्ञवाली केही दिन बिदामा बसेका थिए । अहिले कार्यालय आएर बिदा हुँदैछन् । तर उनीमाथि के आरोप लाग्यो, के छानवीन भयो, उनलाई नै थाहा छैन । राज्य व्यवस्था समितिको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले विभिन्न आरोपमा परेका उजुरीमाथि छानबिन गर्न भन्दै एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति गठन गरेको थियो ।
तर समितिले उनीमाथि के छानवीन गरेर, के रिपोर्ट तयार पारेको छ भनेर अहिलेसम्म बाहिर सार्वजनिक गरेको छैन । ‘उहाँलाई लागेको आरोपबारे न जानकारी दिइयो, न सोधपुछ गरियो, उहाँलाई थाहै नदिई हल्ला गराएर घर पठाइँदैछ’, प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने । ती अधिकृतका अनुसार प्रहरी महानिरीक्षक वसन्त कुँवरले ‘इगो’ साँध्न मात्रै यस्तो गरेका हुन् । ‘प्रहरी संगठन इगोले चल्ने होइन, नीति नियम र कानुनले चल्ने हो’,ती अधिकृत भन्छन् ।
‘कसैले आरोप लगाइदिएकै भरमा विभागीय कारबाही गर्नुपर्छ भन्ने छैन’, स्रोतले भन्यो । अनुशासनहीनता र अनुसन्धानमा लापरबाही अथवा कैफियत गरेका विषय छानबिन समितिले हेर्ने भए पनि कारबाही गर्ने गरी प्रमाण फेला नपरेको दाबी स्रोतको छ । एआईजी ज्ञवाली, प्रहरी महानिरीक्षक कुँवर र छानबिन समिति संयोजक टेकप्रसाद राई एकै व्याची हुन् । ज्ञवालीमाथि महानिरीक्षक कुँवरले व्यक्तिगत इगो साँधेको चर्चा प्रहरीहरू बीच हुने गरेको छ ।
नक्कली भुटानी शरणार्थीको विषयमा ज्ञवालीकै नेतृत्वमा अनुसन्धान अगाडि बढेको थियो। उक्त अनुसन्धानका क्रममा आरोपितसँग प्रहरी महानिरीक्षक कुँवरको पनि सम्पर्क/सम्बन्ध देखिएपछि उनीहरूबीच इगो बढेको स्रोतले जनाएको छ । साे प्रमाण ज्ञवालीले नै सार्वजनिक गरिदिएको र आफूलाई बदनाम गराएको गुनासो महानिरीक्षक कुँवरको छ ।
यस्तै रवि लामिछाने गृहमन्त्री हुँदा कुँवरलाई हटाएर प्रहरी महानिरीक्षक बन्न खोजेको आरोप पनि छ । ज्ञवालीलाई ६० किलो सुन तस्करीमा जोडिएका जीवन चलाउनेसँग सम्पर्क देखिएको सहितका विभिन्न आरोप लगाइएको छ। चलाउनेले प्रहरीले खोजतलास गरिरहँदा एआईजी ज्ञवालीमाथि गम्भीर आरोप लगाएका थिए । ज्ञवालीले भने आफ्नो चलाउनेसँग कुनै लेनदेन नरहेको र भए प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए । प्रहरीले खोजी गरिरहेको आरोपित चलाउनेले लगाएका आरोपमा कुनै सत्यता नरहेको उनको दाबी छ ।
यस्तै सेन्चुरी कमर्सियल बैंकको अनुसन्धानमा मिलेमतो गरेर पक्राउ परेका आरोपितलाई तारेखमा रिहा गरेको आरोप पनि उनीमाथि लगाइएको थियो । ज्ञवालीका केही लगानी, अनुशासन, नागरिकता र शैक्षिक प्रमाण पत्रमा उमेर फरक परेको विषयमा पनि उजुरी परेका थिए । नागरिकताको विषय पहिले नै समाधान भइसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार