उपसभामुख रानामाथि महाअभियोग लगाउने तयारी, सत्ता पक्षका सांसदलाई उपत्यका नछोड्न निर्देशन
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १२:३०:४५
२५ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने तयारी गरिएको छ । सत्ता पक्षले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेको बुझिएको छ । सत्ताकाे नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ भने कांग्रेसले पनि सर्कुलर जारी गर्ने बुझिएको छ ।
एमालेका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षको बैठकमा प्रधानमन्त्री ओलीले महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीलाई बाह्य दवाव आएपछि यो प्रस्ताव गरिएको बताइएको छ । ओलीको निर्देशन अनुसार एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको उनले बताए ।
उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको हो । सत्ता सहयात्री दल नेपाली कांग्रेसले भने यसबारे केही जानकारी दिएको छैन । उपसभामुखले अब राजीनामा दिएर मार्ग प्रशस्त गरिदिँदा राम्रो हुने एमाले नेताको भनाइ छ । उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेर पत्र लेखेकी थिइन् । यसपछि उनी विवादमा आएकी हुन् ।
आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी थिइन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उपसभामुख भएकी हुन् । उनले १४ फागुन (२६ फेब्रुअरी) मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’ आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’
राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । उनलाई हटाउन संसदमा भएको कुल संख्याको दुईतिहाइ आवश्यक पर्छ । अहिलेको सरकारसँग दुईतिहाइ मत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार