ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १२:५०:१२
२५ भदौ, ललितपुर । ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् ।
ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराए । उनले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताएको हो ।
“ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा (स्थानीय तह संस्थागत स्वमूल्याङ्कन) मा देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घोषित गरेको छ । धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,” उनले भने, “मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ ।”
प्रमुख महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहले सरकारी तहबाट समुदायस्तरमा स्वस्थ्य सेवा सहज रुपमा पुर्याउन चुनौती भइरहेको अवस्थामा यस्ता अस्पताल सुरु हुनु महत्वपूर्ण भएको बताए । उनले स्थानीय सरकारसँगको साझेदारीमा स्वास्थ्य सेवा प्रवाह गर्दै समुदायको अपनत्व हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।
१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार