झापामा लागुऔषधको कारोबार बढ्दो
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १४:४९:२५
२५ भदौ, झापा । स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउनसुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउ पर्नेमा एक हजार नौ पुरुष र ९६ महिला रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८/७९ मा दुई सय मुद्दा, आव २०७९/८० मा दुई सय छ मुद्दा, आव २०८०/८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागुपदार्थ दुर्व्यसनी र कारोबारीको सङ्ख्या बढ्दै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ ।
प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागूऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले दुई किलो ब्राउन सुगर र २८ दशमलव पाँच किलो गाँजा बरामद गरेको हो ।
यसैगरी झापा प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९÷८० मा तीन सय ३६ मानिस लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ
माघ १५, २०८१ मंगलबार
स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ
माघ १५, २०८१ मंगलबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार