उपसभामुखलाई सांसदको सुझाव: महाअभियोगसम्म पुग्दा नराम्रो हुन्छ, आफूले बुझेर राजीनामा दिनुस्
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १४:५३:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/samsad-2_LrFwtPuYYf_xIQ1REmT0L.jpg)
२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् । सत्तारुढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।
उनलाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी भएकाले राजीनामा दिएर बाटो खुल्ला गर्न उनीहरुले सुझाव दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ, उनले भने, उपसभामुखले राजीनामा दिन माग गर्दछु ।
सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ, उनले भनिन् । त्यस्तै, सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।
सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप लगाइन् । उहाँले गरेको काम मानव तस्करी होइन र ? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ । आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ, उनले भनिन् ।
उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजीओ सीएसडब्लू ६७ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही प्रकरणमा सत्तारूढ दलले महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।
यता, नेकपा माओवादी केन्द्रले भने इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए । ‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार