अख्तियारको सिफारिसमा सरकारी कर्मचारीलाई कार्यालय समयभित्र शेयर कारोबार गर्न रोक
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १७:४३:२१
२५ भदौ, काठमाडौं । सरकारले कार्यालय समयभित्र सरकारी कर्मचारीलाई शेयर कारोबार गर्न रोक लगाएका छ । कार्यालय समयमा कर्मचारी शेयर कारोबारमा व्यस्त हुँदा सेवा प्रभावित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय, आयोग, विभागहरू निर्देशन दिइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लेखेको पत्रमा सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी जाँच गर्न सकिने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।
कार्यालय समयमा कर्मचारी शेयर किनबेच गर्ने अनलाइन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस)मा व्यस्त हुन थालेको उजुरी अख्तियारमा परेको थियो । उजुरीका आधारमा अख्तियारको टोलीले सिंहदरबार परिसरलगागत सरकारी कार्यालयको स्थलगत निरीक्षण गर्दा तथ्य फेला पारेपछि कार्यालय समयमा शेयर कारोबार रोक्न सरकारलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा सरकारले कार्यालय समयमा टीएमएस चलाउन नपाउने निर्णय गरी कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार