सामाजिक सुरक्षा ऐनलाई व्यावहारिक र प्रभावकारी बनाइनुपर्ने
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १७:१६:२५
हेटौँडा । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आन्दोलनकारी शक्तिले नै अहिले राष्ट्रमा सरकार प्रमुखको नेतृत्व सम्हालेकाले मजदूरको बृहत् हितको लागि सामाजिक सुरक्षा ऐन र श्रमिक ऐनलाई व्यावहारिक, प्रभावकारी रुपमा कार्यान्वयन गर्न अग्रसरता लिनुपर्ने बताएका छन् ।
सभामुख श्रेष्ठले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ मकवानपुरद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा राजनीतिक परिर्वतनले फड्को मारेकाले अब राजनीतिक कार्यकर्ता र मजदूरले आन्दोलनको नाममा ध्वंस गर्ने प्रवृत्तिलाई त्यागेर सिर्जनशील निर्माण कार्य र आर्थिक समृद्धिको लागि एकजुट हुन आह्वान गरे ।
सो अवसरमा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश नं ३ का सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामीले मजदूरलाई आर्थिक, सामाजिक रुपमा स्थापित गराई राष्ट्रलाई आत्मनिर्भर हुने उद्योगमा परिचालन गर्ने क्रममा व्यवस्थापनसँग सहकार्य गरेर ट्रेड युनियन महासङ्घलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै सामाजिक सुरक्षा ऐन र श्रम ऐनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्दै लैजान प्रदेश सरकारले अब नेतृत्व लिएर थप ऐन कानून ल्याउन पर्दछ भने ।
सो अवसरमा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष जय कार्की, मजदूर नेत्री बेलीमाया गोले, समाजसेवी बरुण शाह, श्याम श्रेष्ठ र ट्रेड युनियन महासङ्घ मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गेलले औद्योगिक क्षेत्र, प्रतिष्ठान र मझौला उद्योगमा कार्यरत मजदूरलाई उनीहरुको वृतिविकासको लागि स्थानीय निकाय र प्रदेश सरकारको सम्बन्धित निकायको सहयोग सद्भाव आवश्यक रहेको छ भने ।
अन्तर्राष्ट्रिय मई दिवस मनाउने क्रममा स्थानीय हुप्राचौरबाट निस्केको बृहत् ¥यालीले हेटौँडा बजारको आज परिक्रममा गरी स्थानीय बुद्धचोकमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार