प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २२:१८:१६
२५ भदौ, मोरङ । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् । आज अपरान्ह ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर अगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिई घर पु¥याइएको थियो ।
“निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिई उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ”, उनले भने । दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्ने लगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले आजदेखि अनसन सुरु गरेका हुन् । कार्कीले आज अपरान्ह ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार