इन्टरपोलको सूचीमा आतंकवादी समूहमा रहेकालाई चोख्याउने प्रयास
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार ११:४८:३८
२६ भदौ, काठमाडौं । नेपाल प्रहरीले एक डीएसपीसहित ३ जना नेपालीहरू अन्तर्राष्ट्रिय ईस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस)को गतिविधिमा संलग्न नरहेको भन्दै चोख्याउने कोसिस गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर मातहत रहेको विशेष ब्यूरोको अनुसन्धान भन्दै प्रहरीको इन्टरपोल शाखाले सिंगापुर प्रहरीलाई पत्राचार गर्दै संलग्नता नदेखिएको पत्र पठाएर चोख्याउने प्रयासमा लागेको हो । जब कि मलेसियामा रहेका महेन्द्रजंग शाह लामो समयदेखि आर्थिक विवादमा तानिएका व्यक्ति हुन । उनको बारेमा प्रहरीले सामान्य अनुसन्धान समेत नगरी डीएसपी हेमबहादुर शाहीलाई आधार मानेर चोख्याउने खोजेको छ ।
आतंकवादी समुहसँगको संलग्नताको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ । डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय ईस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो । तर, उनीहरू ईस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि मलेसिया र खाडी मुलुकमा बस्ने गरेका छन् । डीएसपी हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजेपछि उनीहरुलाई फिर्ता गरेको थियो । सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न नदिएको मात्र होइन चार घण्टासम्म केरकार गरेर राखेको थियो । त्यतिबेला हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएका थिएनन् । त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको थियो ।
मलेसियाले डिपोर्ट गरेपछि नेपाल फर्केका महेन्द्रजंगलाई काठमाडौंमा पक्राउ गरेर प्रहरीले अनुसन्धान पनि गरेको थियो । तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको दावी छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले अतिवादी संगठनका मतियारहरु नेपालमा पनि हुन सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो इन्टरपोल अन्तरदेशीय रूपमा हुने अपराध विरुद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो ।
इन्टरपोलले संकेत गरेको अतिवादी संगठन आईएसआईएस (ईस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) हो । यसलाई आईएसआईएसको ईस्लामिक स्टेट भनेर पनि चिनिन्छ। इराक र सिरियासँगै खाडीका र अफ्रिकी मुलुकमा आईएसआईएसको ठुलो सञ्जाल रहेको प्रहरीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार