कांग्रेस बैठकको निष्कर्ष, महाअभियोगको प्रक्रियामा जानुभन्दा उपसभामुखले राजीनामा दिनु उपयुक्त हुन्छ
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १२:०:३२
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानामगरले पदबाट राजीनामा दिनु नै अहिलेको उपयुक्त निकास हुने ठहर गरेको छ । कांग्रेसले उपसभामुखलाई परिस्थिति बुझेर राजीनामा दिन भनेको छ ।
बुधबार बिहान बसेको बैठकले असम्बन्धित मानिसहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गर्दै उपसभामुखले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भीर विवादमा परेकी छिन् । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा पनि उपसभामुख राना मगरको विषयले प्रवेश पाएको थियो ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा महाअभियोगको प्रक्रियामा जानुभन्दा रानामगरले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । उपसभामुख रानाले राजीनामा दिनुपर्ने विषय मंगलबारको संसद बैठकमा पनि उठेको छ । रास्वपा र माओवादीले भने उपसभामुख रानाको बचाउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार