हिंसा शब्द रेकर्डबाट नहटाएको भन्दै प्रतिनिधि सभामा माओवादीको अवरोध, बैठक स्थगित
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १४:२९:७
२६ भदौ, काठमाडौं । हिंसा शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै नेकपा माओवादीले संसद अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेको हो ।
बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए ।
पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरू सीटबाट उठेर संसद अवरोध गरेका हुन् । माओवादीले लगातार उठेर असहयोग गरेपछि सभामुख देवराज घिमिरेले आजको संसद बैठक स्थगित गरे । उनले अर्को बैठक भदौ ३० गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
एमाले सांसद योगेश भट्टराईले भदौ १२ मा माओवादी हिंसा भन्दे शब्द प्रयोग गरेपछि विवादमा परेको भन्दै माओवादी प्रमुख सेचतक हितराज पाण्डेले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
‘२०८१ भदौ १२ गते माननीय योगेश कुमार भट्टराईले प्रयोग गरेको हिसा भन्ने शब्दअसंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउन माओवादी प्रमुख सचेतक हितराज पाण्डेले माग गर्नु भएको थियो,’ उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ नियम २१ मा भएको व्यवस्था र भाद्र १८ को कार्यव्यवस्था परामर्श समितिको बैठकका साथै सचिवालयको रायका अनुसार हिंसा भन्ने शब्द असंसदीय नदेखिएको हुँदा उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछ ।’
उनले संसदमा बोल्दा सांसदहरुले प्रयोग गर्ने शब्द सचेततापूर्वक अपनाउन आग्रह गरे । ‘माननीयले बोल्दा प्रतिकात्मक शब्द प्रयोग गर्दा बहस हुने गरेको छ । अबदेखि शब्द चयनमा सतेतता अपनाउन आग्रह गर्दछु,’ सभामुखले आग्रह गरे ।
त्यसपछि माओवादी प्रमुख सचेतक पाण्डेले संसदमा प्रयोग हुने शब्द संविधानभन्दा फरक हुनुपर्ने भनी पश्न गरेका थिए । ‘मूल कानुन संविधान हो । संविधानमा जनयुद्ध र जनआन्दोनको व्याख्या गरिएको छ । हिंसा संविधान, कानुन विपरीत छ कानुन विपरीत । के संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फक हुनुपर्ने हो ?’ उनको प्रश्न थियो ।
केहीसमय पछि माओवादी सांसद देवेन्द्र पौडेलले संसदमा हिंसा भन्ने शब्द प्रयोग गर्दा संविधान, कानुन विपरीत हुने भन्दै संविधान प्रतिकुल हुने शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । त्यसपछि माओवादी सांसदहरुले केही समय उभिएर संसदको बैठक अवरुद्ध गरे । ‘सभामुखले प्रयोग गरेको शब्द गम्भीर आपत्ति छ,’ उनले भने, ‘शान्ति प्रक्रिया भाँड्ने शब्द प्रयोग नगर्न म आग्रह गर्न चाहन्छु ।’
एमाले मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको प्रतिरक्षा गरेका थिए । संसद्मा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार