सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १५:१५:१४
२६ भदौ, काठमाडौं । नेकपा एमालेले स्वर्गिय नेता सुवास नेम्वाङका नाममा प्रतिष्ठान बनाउने भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने बताएका छन् ।
बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक इतिहासमा सदैव सम्झिरहने व्यक्तित्व रहेको भन्दै उनको नाममा प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका हुन् । ‘पहिलो पटक जनता आफैँले संविधान सभामार्फत बनाएको संविधानको नेतृत्व सुवासजीले गर्नुभएको थियो । उहाँ कुर्सीमा मात्र बस्नुभएको थिएन, वैचारिक नेतृत्व पनि गर्नुभएको थियो’, ओलीले नेम्वाङलाई स्मरण गरे ।
त्यो प्रतिष्ठान बनाएर छोड्नेमात्र नभएर नेताहरूको आदर्श, विचार र नेताहरूले हिँडेको बाटो, व्यवहार आचरण इच्छाअनुसार चलाइने ओलीले बताए । साथै उनले अहिले निष्क्रिय रहेका प्रतिष्ठानहरूलाई सक्रिय बनाइने बताए । कतिपय प्रतिष्ठानहरू निष्क्रिय रहेको भन्दै पुष्पलाल प्रतिष्ठानको नेतृत्व माधव नेपालले निजीजस्तै बनाएको आरोप लगाए ।
‘पुष्पलालको नाममा प्रतिष्ठान बनाएका थियौँ । त्यो अहिले माधव नेपालले कब्जा गर्नुभएको छ । पुष्पलालजी फुट्नुभएको हो र ? पार्टी फुटेको हो, त्यसैले प्रतिष्ठानहरू कसैले कब्जा गरेर बस्न हुँदैन’, ओलीको भनाइ छ । ओलीले नेम्वाङका नाममा बन्ने प्रतिष्ठानको नेतृत्वबारे शुक्रबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार