पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १६:३:२०
२६ भदौ, काठमाडौं । एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे । पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन ।
यस्तै खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्याइन । त्यसपछी खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन ।
अखिल नेपाल फुटबल सङ्घ 'एन्फा'ले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार