पूर्व प्रधानसेनापति शर्माको निर्णय उल्टियोः नेपालले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा दावी गर्दै
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार २१:५७:५२
२६ भदौ, काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकार(मिलएड) पदमा उम्मेद्वारी दिने भएको छ । सैनिक उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सो पदमा उम्मेदवारी दिने भएको हो ।
आफूसँग योग्य अधिकृतहरू हुँदा हुँदै पनि नेपाली सेनाले संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार(मिलएड) पदमा उम्मेद्वारी नदिने निर्णय गरेकोमा सैनिक नेतृत्वमा परिवर्तनसँग सो निर्णय पनि उल्टिएको सैनिक उच्च स्रोतले दावी गर्यो । सो पदमा जर्नेल प्रेमध्वज अधिकारीलाई दावी गर्न अनुमति दिएको स्रोतले जनाएको छ ।
निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई उम्मेद्वारीको अवसर र सम्भावित नियुक्तिको अवसरलाई लत्याउँदै तत्काल सेनामा तीनतारे जर्नेल पर्याप्त नभएको भन्दै सो पदमा नेपाललाई दिइएको उम्मेद्वारी मनोनयनको अवसर नलिने अर्थात् सो पदमा नेपालले दावी नगर्ने निर्णय गरेका थिए ।
यसले योग्यतम जर्नेलहरुको क्षमतामाथि प्रश्न उठेको मात्रै होइन कि युएन संरचनामा संसारकै शक्तिशाली सैनिक पदमध्ये एक मानिएको सैनिक सल्लाहकारको सो पदमा नेपालले दावेवारी प्रस्तुत गर्नबाट बञ्चित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सेनापति शर्माको सो निर्णय तत्काल पुनर्विचार गरी सक्षम जर्नेललाई सो पदमा दावेदारी पेश गर्न कामु रहेको बखत हालका सेनापति अशोक सिग्देलसँग बेग्लै परामर्श गरी दुबैजनालाई निर्णयमा नेपाली सेनाले सो पदमा दावेवारी पेश गर्ने भएको हो ।
नेपालले यति ठूलो पदमा अवसर पाउँदा छिमेकी मुलुक असन्तुष्ट भएको र उसकै दवावमा दावेदारी पेश नगर्ने निर्णयमा पुरानो नेतृत्व पुगेको थियो तर यस्तो निर्णय धेरै समय टिक्न सकेन । सेनामा नेतृत्व परिवर्तनको अवस्था भएकाले मुलुकलाई घाटा पर्नेमात्र होइन बेइज्जत गर्ने निर्णय उल्ट्याइयो र अधिकारीको मनोनयन गर्ने निर्णय गरिएको छ । दावी प्रस्तुत गर्न भनिएकाले यो पदमा नियुक्ति हुने सम्भावना रहेको छ । युएनको शान्ति सैनिक मिसनमा नेपालको सहभागिता विश्वमै नम्बर एक मुलुकका रुपमा रहेको बेला सल्लाहकारको विशेष भूमिका रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
रामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार