संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार ७:५२:४३
२७ भदौ, काठमाडौं । आज संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था समिति, संसदीय सुनुवाइ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारवाही समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ। त्यस्तै दिउँसो १ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार