विदेश जाँदा विदाई वा आउनेको स्वागत गर्दा खादा मालाको प्रयोग नगर्न विमानस्थलको आग्रह
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १०:१२:५२
२७ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुको बिदाइ र आउनेको स्वागतका लागि खादा र मालाको प्रयोग नगर्न आग्रह गरिएको छ । खादा र मालाका कारण विमानस्थलका सुरक्षा जाँच उपकरण विग्रन थालेको भन्दै नल्याउन आग्रह गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेको कार्यालयले जनाएको छ ।
यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार