नेपाल आइपुग्यो नेपाल एयरलाइन्सको एउटा वाइडबडी
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १०:३८:४
२७ भदौ, काठमाडौं । मर्मतका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाल आइपुगेको छ । २२ जुनमा जहाजको प्राविधिक जाँचका लागि इटाली पठाइएको थियो । ए ३३० नाइन एन–ए.एल.वाई जहाज आज काठमाडौंमा अवतरण गरेको हो ।
निगमका अनुसार वाइडबडी जहाज आज बिहान साढे ८ बजे काठमाडौं अवतरण गरेको हो । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमले जनाएको छ ।
निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार